कृषकको माग अनुसार मल आपूर्ति हुन सकेन

कृषकको माग अनुसार रासायनिक मल आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनि लिमिटेड कम्पनि प्रादेशिक कार्यालय वीरगंजले जनाएको छ । कार्यालयका प्रमुख गोरखनाथ केसीले कृषकको माग अनुसार आपूर्ति हुन नसकेको बताए । उनका अनुसार  जिल्लामा माग बढेको छ तर त्यस अनुसारको आपूर्ति हुन् पाएको छैन ।

उनले  अहिले दुई/दुई हजार मेट्रिक टन डिएपी र युरिया मल खपत भइसकेको र थोरै परिमाण मात्र मौज्दात रहेको उहाँले जानकारी दिए  । गहुँको बालीमा मल छर्ने बेला भएकोले मलको माग बढी हुदा समस्या आईपरेको कार्यालय प्रमुख केसीले बताए ।

उनले  वीरगञ्ज कार्यालयबाट युरिया मल १० हजार ६६ मेट्रिक टन, डिएपी मल ५ हजार ३२९.६०० मेट्रिक टन र पोटास ४८७.६५० मेट्रिक टन बिक्री गरेको प्रमुख केसीले बताए । हाल युरिया ६ हजार २७ दशमलव ८०० मेट्रिक टन, युरिया ६ हजार ५०५ दशमलव ४०० मेट्रिक टन र पोटास ७०८ मेट्रिक टन मौज्दात रहेको प्रमुख उनले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close