
बिरगंज , माघ १७ गते शनिबार ।
बिरगंजका सोनार युवाहरुले शनिबार बिरगंज स्थित घन्टाघर सरसफाई गरेको छ ।
बि.स. १९७६ मा जापानका बिधार्थीहरुले आफ्नो खाजाको पैसा जम्मा गरेर बनाएको १०० औं बर्ष पुरानो बिरगंज घन्टाघरको संरक्षण गर्नु पर्ने हाम्रो दायित्व भएकोले बिरगंजको मुटुमा रहेको घन्टाघरलाइ सोनार युवा अभियान पर्साका युवाद्वारा शनिबार सरसफाइ गरिएको अध्यक्ष राजकुमार सर्राफले बताएका छन ।
सरसफाइ कार्यक्रममा सोनार युवा अभियानमा लागेका बिरगंजका ५० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो।त्यसै गरि सरसफाइ कार्यक्रममा बिरगंज महानगर पालिकाका सरसफाइ कर्मचारीहरुको पनि सहयोग रहेको थियो ।
सोनार युवा अभियान पर्साका अध्यक्ष राजकुमार सरार्फको नेतुत्वमा भएको सरसफाइ कार्यक्रममा स्माजका अगुवा सम्भु स्वर्णकार , सोनालाल सरार्फ , श्याम सरार्फ , सन्तोष सरार्फ , मनोज सरार्फ, सन्दिप सरार्फ, शिवदयाल सरार्फ , रामदयाल सरार्फ , रमेश सरार्फ ,हरिओम सरार्फ , निखिल सरार्फ , आदित सरार्फ , सुमित सरार्फ, शंकर सरार्फ , करण सरार्फ , दिपक सरार्फ , सुरज सरार्फ , कमलेश स्वर्णकार लगायतकाको सहभागिता रहेको थियो ।




