
काठमाडौं , फागुन १९ गते बुधबार ।
प्रेस काउन्सिल नेपालका दुई जना नयाँ सदस्यलाई आज काउन्सिलमा स्वागत गरिएको छ । नेपाल सरकार (मन्त्रीस्तरीय) २०७७।११।१८ को निर्णयानुसार मनोनयन हुने सदस्यमा लालबाबु शेख (पर्सा) र ठाकुरप्रसाद बेलबासे (अर्घाखाँची) हुनुहुन्छ ।
प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ बमोजिम मनोनयन हुनुभएका सदस्यद्वयलाई कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र सदस्य दीपक पाण्डेले स्वागत गर्नुभएको हो । स्वागतमा प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल र वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल सहभागी हुनुहुन्थ्यो ।दुबै जनालाई बधाई छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




