
बिरगंज , चैत्र १३ गते शुक्रबार ।
जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. ८ भानु चोक स्थितमा खटिएको जिल्ला प्रहरी कार्यालय मातहत प्र.चौ.बसपार्कको प्रहरी टोलीले शंकाष्पद रुपमा हिँडिरहेको अवस्थामा भारत बिहार जिल्ला मोतिहारी महुवा थाना बस्ने १६ बर्षीय बालकलाई जाँच गर्ने क्रममा निजको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाइछिपाई ल्याएको लागु औषध डाईजेपाम ४०० एम्पुल, फेनारगन ४०० एम्पुल र नुर्फिन ४०० एम्पुल गरी जम्मा १२०० एम्पुल फेला परेकोले उक्त लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई लागु औषध मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले पर्सा पोस्टलाई जानकारी दिनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




