पैसा खान्छन् भन्ने आरोप चिर्दैछौं- एसएसपी भट्टराई

काठमाडौं । सवारी चालकले दिएका ५ सय र १ हजार घुस अस्वीकार गर्ने ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । उनीहरुलाई ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले पुरस्कृत गरेका हुन् । बुधवार घुस फिर्ता गर्ने ८ जना प्रहरीलाई नगद तथा प्रशंसापत्रले सम्मान गर्दै एसएसपी भट्टराईले आर्थिक प्रलोभनमा पार्नेलाई पक्राउ गर्ने ट्राफिकको संख्या बढेको बताए । २८ जनालाई उनले सम्मान पत्र दिएर सम्मान गरेका छन् ।‘ट्राफिकले पैसा खान्छन् भन्ने आरोप थियो’ एसएसपी भट्टराईले भने–‘अहिले सो आरोप चिर्दै छौं ।’ सडकमा खटिएका ट्राफिकले घुस दिनेलाई कारवाही गर्न थालेपछि चालकमा ‘पैसा दिनुहुन्न्’ भन्ने मानसिकता बढ्दै गएको उनको दाबी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close