
बिरगंज , बैशाख २० गते सोमबार ।
पर्सा प्रहरीले अबैध भित्रीएको भारतिय निजि सवारी साधन पक्राउ गरेको छ । आज अं.१३:०० बजेको भारतीय स्कारपियो गाडी चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा चलाइरहेको सूचना प्राप्त भएकोले जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत अस्थायी प्रहरी पोष्ट मनवाबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा पर्सागढी न.पा.वडा नं.१ मनवा बजार स्थितमा BRO5P 9269 नम्बरको भारतिय स्कारपियो गाडी रोकी राखेको अवस्थामा फेला पारी हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त स्कारपियो गाडीलाई बरामद गरी रु.२५,००,०००।– (पच्चीस लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले प्रहार डेलीलाई जानकारी दिनुभयो।




