क्याटले अक्सिजनको अभाव हुन नदिन बिरगंजमा रहेका अक्सिजन उद्योगहरुको अनुगमन गर्ने ।

अजित भुजेल

बिरगंज , जेष्ठ ०४ गते मंगलवार ।

कोभिड एक्सन टिम (क्याट) पर्साले बिरगंजमा अक्सिजन उत्पादन हुने अक्सिजन उद्योगहरुको अनुगमन गर्ने भएको छ । कोरोना भाइरस संक्रमितको उपचार भइरहेको बिरगंजका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि कोभिड एक्सन टिम पर्साले अनुगमन गर्ने र माग अनुसारको पूर्तिको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको कोभिड एक्सन टिमका सदस्य तथा पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव मिश्राले पर्सा पोस्टलाई बताउनुभयाे ।

जिल्ला प्रशासन कार्यालय पर्सामा कोभिड एक्सन टिमका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अन्सारीको अध्यक्षतामा बसेको बैठकले अनुगमन तथा व्यवस्थापनमा सक्रिय भएर बिरगंजलाई कोरोना भाइरस संक्रमण मुक्त बनाउने निर्णय गरेको हाे ।कोरोना संक्रमितको उपचार भइरहेको बिरगंज स्थित नारायणी अस्पताल, नेशनल मेडिकल कलेजको स्वामित्वमा रहेको अस्थाई कोभिड अस्पताल बाबा होटल, बीरगंज हेल्थ केयर , वयोधा अस्पताल लगायतको अनुगमन र नागरिकको गुनासोलाई समेटेर तयार पारिएको सुझाव पत्र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई बुझाइएको हाे ।

निजि अस्पतालहरुले संक्रमितलाई नै अक्सिजन र औषधीको व्यवस्था गर्न लगाउने हुँदा त्यसो नगरी अस्पतालले नै व्यवस्थापन गर्न निर्देशन दिने पनि निर्णय गरेको हाे । बैठकको क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले कोभिड १९ को महामारीमा क्याटले गरेका कार्यहरुको सह्राना गर्दै एक अर्कासँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने विश्वास व्यक्त गरेका हुन । क्याट र सरकार दुवैको उद्देश्य एउटै भएकाले जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहित अनुगमन गर्ने र सो क्रममा देखिएका समस्याहरुको समाधान पनि मिलेर गर्नुपर्नेमा प्रजिअ घिमिरेले जोड दिएका हुन ।

नेपाली काङ्ग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा एमालेका सञ्जिव मिश्र, जसपाका पर्सा सचिव तबरेज अहमद, माओवादी केन्द्रका बाबुराम कौशिक , नेपाल पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवाल सहितको सहभागितामा भएको बैठकले अस्पतालहरुको व्यवस्थापनमा सुधार गर्नुका साथै अक्सिजनको अभावलाई परिपूर्ति गर्नुपर्ने निस्कर्ष निकालेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close