
वीरगन्ज ९ जेठ ः कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पसाले आज देखि राहत समाग्री बितरण सुरु गरेको छ । पिडित परिवारलाई थोरै भएपनि राहत पु¥याउने उदेश्यले राहत समाग्री बितरण सुरु गरेको संघका पर्सा अध्यक्ष महम्मद निजामले बताउँनु भयो ।
उहाले निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कोइ पनि भौकै नसुतोस भन्ने उदेश्यले रातह बितरण कार्यक्रम शुरु गरएिको बताउनुभयो । हेल्प डेस्कबाट १ सय ४० जनालाइ राहत दिएको हेल्प डेस्कका सयोजक रवि गुप्ताले जानकारी दिनु भयो । गुप्ताले प्रति परिवारलाई १० के.जी, चामल २ के.जी आलु, २ के.जी, प्याज १ के.जी दाल, नुन १ प्यकेट, तेल १ प्यकेट सहित राहत बितरण गरिएको जानकारी दिनुभयो ।
राहत बितरण कार्यक्रममा राष्ट्रिय युवा संघका सदस्यहरु राकेश साह, हेमन्त तामाङ , अखलेश साह प्रकाश रौनियार ,कुनाल पटेल,साहिद अंसारी, बिकाश साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा संघ नेलाप पर्साको हेल्प डेस्क नम्बर
महम्मद निजाम ः – ९८५५०२१८३३
रबि गुप्ता ः – ९८०२०३६०००
राकेश शाहः – ९८४५३१७८८३
चन्दन गुप्ताः – ९८०१३५३६६०
गोकोली रेग्मी ः – ९८१९२५७०८३
बाबुराम खनाल ः – ९८४५५५८९९२




