
अजित भुजेल
बिरगंज , जेष्ठ ०९ गते आइतबार ।
दोस्रो पटकको कोरोना लहरले गर्दा लागेको निषेधाज्ञाको कारणले भोकै पेट बस्नु परेका नारायणी अस्पतालका कुरूवाहरूको पेट भर्न आज आइतबार साँझ १४ औं दिन पनि साहिब दरबार सेवा संस्था, समर्पण सेवा संस्था र स्टार मार्बल एण्ड सेनेटरी प्रा. लि. ले नारायणी अस्पताल को प्रागंणमा साँझको नि:शुल्क भोजन वितरण शुरू गरेको छ ।
सो कार्यमा उमेशलाल सहनी ,रूपेश मान सिंह ,जयप्रकाश महतो , वकिल हवारी, सुधीर कर्ण,सुशील पटेल, अफरोज आलम , राहुल तुल्स्यान, किशोर सिंह ठकुरी ,बिक्रम श्रेष्ठ , मन्दीप ठकुरी , बिनोद बैठा, दशरथ बैठा, राजा चौरसियाले सहयोग गरेको सो सस्थाका सन्योजक राजेशमान सिंहले पर्सा पोस्टलाई जानकारी दिनु भयो।
आफ्नो प्रतिक्रिया दिनुहोस




