
अजित भुजेल
बिरगंज , जेष्ठ १२ गते बुधबार ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पत्रकार राहत विपद कोषमा रेडियो सान्भी, साझा डेलीको तर्फबाट २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण अग्रपंक्तिमा खटिने पत्रकार तथा सञ्चारकर्मीहरुलाई हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थापित कोषमा रेडियो सान्भी, साझा डेलीको तर्फबाट आर्थीक सहयोग गरेको हो ।
रेडीयोका स्टेशन म्यानेजर रामअनुप यादव, प्राविधिक प्रमुख सत्येन्द्र यादव, कार्यक्रम प्रमुख सोनम गौतमले सयुँक्त रुपमा नेपाल पत्रकार महासंघ पर्सा शाखाकी उपाध्यक्ष सुष्मा शर्मा, कोषाध्यक्ष सञ्जिव मिश्रा र पुष्प तिमल्सिनालाई रकम हस्तान्तरण गरेका हुन् ।
सहयोगवापत प्राप्त रकम कोरोना भाइरसबाट संक्रमित हुने, तथा प्रभावित हुने पत्रकारहरुलाई प्रदान गर्ने उपाध्यक्ष शर्माले विश्वास व्यक्त गरिन् । कोषमा सहयोग गरेकोमा आभार प्रकट गर्दै कोषाध्यक्ष मिश्राले अरुलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।




