सानो पाइलाको सहयोगले टिम अनेकतामा एकताद्वारा राहत सामग्री वितरण ।

बिरगंज , जेष्ठ १२ गते बुधबार ।

एक दिन अगाडीको कुरो हो मलाई एक जना आमासँग कुनै माध्यमले भेट भयो उहाँको अवस्था एकदमै चिन्ताजनक थियो। घरमा हाल कमाउने मान्छे कोई थिएन र लकडाउनका कारण उहाँले गर्नसक्ने सानोतीनो काम पनी बन्द रहेको थियो ।भाडामा भएपनी बस्ने बास र लगाउने कपास त थियो तर बाच्नको लागी गासको अती आवस्यक्ता थियो आमा सँग कूरा गर्दा मैले आफूलाई उहाको मदत अर्थार्त सहयोग पुर्याउन बाचा गर्न बाट रोक्न सकिन र आफूले सक्दो सहयोग गरे तर मेरो सानो सहयोग काफी थिएन र मैले उहाँकोलागी रासन तथा राहत सहयोगका निम्ती केहि राजनीतिमा संलग्न व्यक्तिलाई फोन मार्फत सहयोगको अनुरोध गरे जस्मा राहतको रुपमा रासन बाडिरहेका व्यक्ति पनि थिए जस मध्ये केहीले सहयोग गर्ने प्रतिबद्धता पनी जनाउनु भयो तर मैले पटक पटक फोन गर्दा पनी आज भोली यो बेला त्यो बेला भनी मलाई निराश पार्नु भयो अन्ततः मैले सानो पाइलाको सहयोगले टिम अनेकतामा एकता द्वारा समाज सेवाको एक सामाजिक अभियन्ता  राहुल गुप्तालाई फोन गर्दा उहाँ लगायत उहाँलो टीमले राहत सामाग्री म मार्फत पीडितको घर सम्म पुर्याए र मैले आमाको मुहारमा सानो मुस्कान हेर्न सफल भए।

त्यसै गरि राहतको सामान चावल १५ किलो, सोयाबिन ५०० ग्राम,तेल १लिटर, चाना १किलो र नुन १ प्याकेट रहेको थियो ।

मेरा यी सब्दहरूबाट कसैको मन दुख्न गएमा म छमा चाहन्छू। र लेख्न त धेरै मन थियो तर होस। मैले यी सब्दहरु लेख्नूको कारण मैले भोगेका अनुसार एक राजनीतिज्ञ र समाजसेवी बिच को फरक देखाउनू हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close