बारा प्रहरीद्वारा २१८ केजि अवैध लागू औषध गाँजा सहित २ जना पक्राउ ।

बारा, पथलैया , जेष्ठ १२ गते बुधबार ।

बारा प्रहरीले २१८ केजि अबैध लागु औंषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार अं.१३:०० बजेको समयमा प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.०१ पथलैया चोक स्थित रहेको महमद आलम साहको रामरहिम ग्यारेजमा जिल्ला महोत्तरी बर्दिवास न.पा. वडा न.८ बस्ने बर्ष ३३ को घनश्याम गिरीले काठमाण्डौबाट भारतको बरौलीमा तेल लिन जानको लागि चलाई ल्याएको ना ४ ख २९७९ न. को खाली ट्यांङकरमा लुकाई छिपाई गाँजा लगिरहेको भन्ने गोप्य सूचना प्राप्त भएअनुसार चेकजाँच गर्ने क्रममा उक्त ट्याङकरको च्याम्बर भित्र लुकाई छिपाई रातो प्लाष्टिकमा पोका बनाई राखेको २१८ किलो ग्राम (१९ पोका) अबैध लागु औषध गाजाँ बरामद गरी उक्त ट्याङकरका चालक घनश्याम गिरी तथा सह-चालक जिल्ला चितवन खैरहनी न.पा २ बस्ने राजकुमार दवाडि सहित ट्याङकर समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close