
बिरगंज , जेष्ठ १३ गते बिहीबार ।
मिति २०७८।०१।१६ गते देखि पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका निम्न नम्बरका ८ वटा भारतीय मोटरसाइकलहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएकोमा उक्त मो.सा.हरूलाई रु.५,८५,०००।– (पाँच लाख पच्चासी हजार) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
निम्न:-
१. BR05M7902
२. BR05R1284
३. BR22B7157
४. BR05M1556
५. BR05L4101
६. BR22AF2449
७. BR05T6757
८. BR01DM4602
आफ्नो प्रतिक्रिया दिनुहोस




