गढिमाई मेलालाई प्रभाव पर्ने लाई कडा कार्वाहीको माग गर्दै महागढिमाइका मेयर उपेन्द्र यादव उपनले बुझाए ज्ञापनपत्र

गढिमाई मेलालाई प्रभाव पर्ने लाई कडा कार्वाहीको माग गर्दै महागढिमाइका मेयर उपेन्द्र यादव उपनले बुझाए ज्ञापनपत्र

यो वर्ष लाग्ने विश्व प्रसिद्व गढिमाई मेलालाई प्रभाव पर्ने कुनै पनि तत्व लाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै आज महागढिमाइ नगरपालिकाका मेयर उपेन्द्र यादव उपन तथा कार्यपालिका सदस्यहरू, र गढिमाई मन्दिर सञ्चालन समितिले संयुक्त रूपमा बाराका प्रमुख जिल्ला अधिकारी शशि घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन्।

आज ज्ञापनपत्र बुझाउदै मेयर उपेन्द्र यादवले धाएर्मिक परम्परालाई सुरक्षित राख्न र मेलाको शान्तिपूर्ण सञ्चालनका लागि कुनै पनि किसिमको अवरोध सृजना गर्ने तत्वहरूलाई कानुनी कारबाही गर्न आवश्यक रहेको बताए। यसमा स्थानीय प्रशासनको सहयोग र भूमिका महत्वपूर्ण रहेको भन्दै उनले प्रजिअसँग थप सुरक्षाका उपायहरू अपनाउन गर्न माग गरेका छन्।

अहिले गढिमाइको संस्कृत तथा रितिरिवाज लाई लिएर अराजक तत्वले धेरै किसिमको गतिविधि संचालन गरिरहेको ले त्यस्तो गतिविधि रोक्न जरुरी रहेको उनले बताए । विश्वप्रसिद्ध गढिमाई मेलामा हुने बलि प्रथा धार्मिक आस्थाको एक प्रमुख अंग रहेकोले यसलाई व्यवधान पुर्‍याउने प्रयत्नका विरुद्ध नगरपालिका, मन्दिर समिति, र स्थानीय समुदाय दृढ अडानमा छन्।

प्रजिअ शशि घिमिरेले ज्ञापन पत्र ग्रहण गर्दै मेलाको शान्ति सुरक्षा सुनिश्चित गर्न प्रशासनले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न बलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close