नेपाल पत्रकार महासघ पर्सालाई १५२ थान स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण ।

बिरगंज , जेष्ठ १७ गते सोमबार ।

प्रदेश नं २ मिडिया काउन्सिल र मिडिया प्राधिकरणले सोमबार पत्रकार महासंघ पर्सालाई १५२ थान स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ।

आम संचार माध्यममा कार्यरत पत्रकारहरूलाई कोभिड १९ को संक्रमण हुनबाट जोगाउने उदेश्यका साथ महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको काउन्सिलका अध्यक्ष शिव हरि प्रसाद भट्टराईले जनाए । आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले जिल्लाका पत्रकारलाई वितरण गर्नका लागि महासंघलाई सहयोग गरिएको बताए ।

प्रत्येक प्याकेटमा ५० थान सर्जिकल मास्क, १० पिस KN 95 मास्क, सेनिटाइजर २ थान, पन्जा/फेस सिल्ड २/२ थान रहेको छ । शाखा कार्यालय प्रयोजनका लागि एक थान अक्सिमिटर र थर्मल गन समेत रहेको छ । शाखाका अध्यक्ष अनुप तिवारीले स्वास्थ्य सामाग्री बुझेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close