अखिल नेपाल विद्यार्थी यूनियनको इद ऊ फित्र मुबारक

अखिल नेपाल विद्यार्थी यूनियनको इद ऊ फित्र मुबारक

रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा अखिल नेपाल विद्यार्थी यूनियन स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा मुबारकबाद दिन्छ र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ । साथै आज बिश्वब्यापी महामारी कोरानाबाट बच्न सबै उपाय अबलम्बन गर्न पनि मुस्लिम समुदाय लगायत सबैमा बिशेष आग्रह गर्दछ ।

देशका अल्पसंख्यक मुस्लिम समुदायले नेपालको लोकतान्त्रिकरण र राष्ट्र निर्माणको क्रममा अरु समुदायले जस्तै बलिदानपूर्ण योगदान दिदै र महत्वपूर्ण भूमिका खेल्दै आएको कुरा सर्ब बिदित छ । आजको बिशेष सन्दर्भमा नेपालका सबै समुदायका जनताका बीचको पारस्परिक सम्मान, सद्भाव र सहिष्णुतालाई अबिचलितरुपमा कायम राख्दै र अझ सुदृढ बनाउदै नेपालको राष्ट्रियता र राष्ट्रिय सार्बभौमिकता र अखण्डतालाई अझ सबल तुल्याउन इद ऊल फितरले सत्प्रेरणा देओस् भन्ने शुभ कामना समेत यस बिशेष अखिल नेपाल विद्यार्थी यूनियन ब्यक्त गर्दछ ।

(शहबाज खान)
केन्द्रीय सचिवालय सदस्य
अखिल नेपाल विद्यार्थी यूनियन
२०७७ जेष्ठ ११

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close