
नेकपा माओवादी केन्द्रबाट पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका गाऊँपालिका अध्यक्ष मनोज गुप्तालाई नेकपा एमाले जिल्ला कमिटि सचिवको जिम्मेवारी दिएको छ । गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट लिएर निर्वाचित भएका गुप्तालाई नेकपा एमाले पर्सा जिल्ला कमिटि सचिवको जिम्मेवारी दिइएको हो।नेकपा विवाद पश्चात प्रधानमन्त्री केपि शर्मा ओली समूह तिर लागेका गुप्तालाई नेकपा एमालेको प्रदेश नम्बर २ कमिटिकी अध्यक्ष ज्वाला कुमारी साहले सचिव पदमा नियुक्त गरेकी छिन। पर्सा जिल्ला अध्यक्षको पदको जिम्मेवारी प्रभु हजरा र सचिव मनोज कुमार गुप्तालाई दिएकी छिन ।गुप्ता माओवादी त्यागेर एमाले लागेसँगै उनको गाउँपालिका अध्यक्ष पद खारेज हुन् सक्छ । राजनीतिक दलसम्बन्धी ऐनका अनुसार एउटा पार्टीबाट टिकट लिइ चुनाव लडेर जितेको जनप्रतिनिधिले पार्टी परित्याग गरेमा वा त्योसम्बन्धी पार्टीले निष्कासन गरेमा निर्वाचित पदसमेत जाने व्यवस्था छ ।

यस विषयमा गाऊँपालिका अध्यक्ष गुप्तासँग़ बुझदा म आज देखि एमाले होइन ,पहिला देखि नै एमाले हो। नेकपा एमाले र नेकपा माओवादी मिलेर जुन नयाँ संरचना खडा भएपछी दुई धारमा बाडीदा न्यायपालिकाबाट एमाले र माओवादी बीच दुइटा बाटो रोज्न निणय भयो त्यसमा मैले एमाले रोजेको हो ,तर पद जाने कुरा जानकारी नै हो। जस्ले पार्टी छोड्छ अन्य पार्टी रोज्छ भने जिल्ला कमिटीले केंद्र कमिटीलाई र केंद्र कमिटीले निर्वाचन आयोगलाई पत्रचार गरेपछि ३५ दिनको सूचना निस्के पछि हाम्रो पद सतह खारेज हुन्छ। रह्यो कुरा पदको यो पद कसैले दिएको अथवा आफै लिएको पद होइन। यो पद जनताले दिएको हो म पदमा भए पनि पदमा नभए पनि जनताको काम गर्छु। यो कुरामा म अलिकति पनि विचलित हुने छैन। भने गुप्ताले ज्योति दैनिकसँग कुरा गर्दै बताएका हुन। jyoti dainik




