
पर्सा , असार १४
पर्सा जिल्लाको बिन्दबासिनी गाऊँपकिकामा निर्माण कार्य हाल तिब्र रुपमा सञ्चालन भइरहेको छ ।गाऊँपालिकाको वडा नम्बर २ गर्दौलमा निर्माण हुन लागेको बिधालय भवन , स्वास्थ्य चौकी , बिधालयको बाउंड्री वाल र छठ घाटको गाऊँपालिकाका प्रमुख प्रसासकिय अधिकृत मुन्ना रौनियारले अनुगमन गरेका हुन ।
प्रदेश सरकारको बजेटबाट २० लाखको लागतमा निर्माण हुन लागेको श्री भगवती ने.रा. बागड मैना प्रा. बि गर्दौलमा बाउंड्री वाल निर्माण,संघीय सरकारको बजेटबाट ३८ लाखको लागतमा निर्माण हुन लागेको गर्दौलमा स्वास्थ्य चौकी निर्माण , गाऊँपालिकाको बजेटबाट १५ लाखको लागतमा निर्माण हुन लगेको श्री ने. रा . मा. बि . गर्दौलमा बिधालय भवन निर्माण र गाऊँपालिकाको बजेटबाट १२ लाखको लागतमा निर्माण हुन लागेको गर्दौल छठ घाटको अनुगमन गरिएको छ।
गाऊँपालिका अधिकृत रौनियारले सो निर्माण कार्यलाई छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि नियमित रुपमा अनुगमन गर्ने गर्नुभएको छ ।विश्वभर महामारीको रुपमा कोरोना भाइरस (कोभिड १९) बाट मुलुक प्रभावित भैरहेको वर्तमान अवस्थामा पनि गाऊँपालिका प्रमुख रौनियारको सक्रियतामा बिन्दबासिनी गाऊँपालिकामा विकास निर्माणका कार्यहरु तिब्र रुपमा सञ्चालन भैरहेका छन् ।

सो अवसरमा गाऊँपालिका प्रमुख प्रशासकीय अधिकृत रौनियारले बिधालयको बाउंड्री वाल निर्माण , स्वास्थ्य चौकी भवन निर्माण , छठ घाट निर्माण र विद्यालयको भवन निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिनुभएको छ ।
अनुगमनमा लेखा अधिकृत मिथलेश कुशवाहा ,इंजीनियर संतोष कुमार साह , सब इंजीनियर आपु गुप्ता , सपेन्दर साह , सोमा यादव ,योजना प्रमुख सीताराम पंडित ,न्यायिक समिति सदस्य गमिहिरा साह लगायतको उपस्तिथि रहेको थियो ।



