आज चौथो दिन पनि नेबि संघद्वारा बिहान र बेलुकी असहाय , गरिबहरुलाई  खाना खुवाउदै ।

बिरगंज , भदौ ०७ गते आइतबार ।

गरिब, असाहय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले तेस्रो  दिन पनि बिहान र बेलुकी दुबै समय  खाना खुवाएको छ ।

नेपाली काग्रेसका युवा नेता राकेश यादवको बिशेष पहलमा नेविसंघ ठाकुर राम बहुमुखी क्याम्पस  एकाई समिति तथा नेविसंघ पर्साले सयुक्त रुपमा खाना बितरण अभियान शुक्रवारबाट शुरु गरेको हो । संघले बिहान र बेलुका १००/१०० जना खाना खुवाउने जनाएको छ ।

खाना बितरण कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु बाबुनन्द पटेल,रभी साह, राहुल शर्मा,बिकास कुमार साह, राजिव गुप्ता ,चन्दन सिंह र राजा साह लगायतको उपस्थिती रहेको एकाई समिति अध्यक्ष मनोज साहले बताए । संघले खास गरी रिक्सा चालक,ठेला चालक तथा गरिब असाहयलाई खाना खुवाउने प्रयास गरेको नेविसंघ पर्साका जिल्ला सदस्य राहुल गुप्ताले प्रहार डेलीलाई बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close