बिरगंजबाट प्रकाशित पर्सा पोस्ट साप्ताहिक पत्रिकाका सम्पादक एवं प्रकाशक भुजेललाई पितृशोक ।

बिरगंज , असार १९ गते शनिबार ।

बिरगंजबाट प्रकाशित पत्रिका पर्सा पोष्ट साप्ताहिक पत्रिकाका सम्पादक एवं अधिवक्ता सुजित भुजेल र प्रकाशक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष, प्रेस सेण्टर नेपाल पर्साका सदस्य,उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष, छपकैया गुठीका सचिव , सामुदायिक सेवा केन्द्र छपकैया-२ र श्रीपुर मुर्लीका सदस्य अजित भूजेललाई पितृशोक परेको छ ।

उहाको पिता राम बहादुर भूजेलको असार १५ गते मंगलवारका दिन बिहान अचानक हिर्दयघाट भैइ उपचार गर्न लैजाने क्रममा मनमोहन कार्डियो हस्पिटल महाराजगन्जमा उपचारको क्रममा करिब दिनको १२.१० बजे निधन भएको थियो । पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नं २ निवासी ८८ वर्षिय भूजेल केही समय देखी कान्छो छोरा सुजित भुजेलसंगै भक्तपुरमा बस्दै आइरहनु भएको थियो ।

उहाको त्यसैदिन राती पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिएको पारिवारिक सुत्रले जानकारी दिनु भएको थियो ।उहाको दुई छोरा , दुई छोरी र श्रीमती रहेको छ ।

त्यसैगरि उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का अध्यक्ष के.सी.लामिछानेले एक शोक बक्तब्य जारी गर्दै स्व. भूजेलको असामयिक निधन प्रति गहिरो सम्बेदना ब्यक्त गर्नु भएको छ ।

उहाँले दिवंगत आत्माको चीर शान्तिका कामना सहित हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

त्यसैगरि नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज ) प्रदेश न.२ का ईन्चार्ज तथा प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगरले पनि एक शोक वक्तव्य जारी गर्दै स्व. भुजेलको असामयिक निधन प्रती गहिरो सम्बेदना व्यक्त गर्दै दिवगत आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रर्दान्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close