४५० एम्पुल लागु औंषध इन्जेक्सन सहित बिरगंजका राहुल पक्राउ

बिरगंज , असार २३ गते बुधबार ।

पर्सा प्रहरीले नुर्फिन, डाइजेपाम र फेनारगन सहित एक जनालाई पक्राउ गरेको छ।

बुधबार बेलुका अं. ४:१५ बजे वीरगञ्ज म.न.पा.वडा नं.१६ ईनर्वा गाँउको पूर्वपट्टि खेतको बाटोमा पर्सा जिल्ला वी.म.न.पा.वडा नं.८ गहवाका २३ वर्षीय राहुल साहलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शंकित रुपमा हिँडिरहेका साहलाई रोकी जाँच गर्दा तरकारी हालेको झोला भित्र कालो प्लाष्टिकमा ४५० एम्पुल लागु औषध इन्जेक्सन सहित साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close