
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व संकलन सेवा सुरु गरिएको छ । नगरबासीलाई घरबाटै अनलाइनमार्फत राजस्व बुझाउन सक्ने व्यवस्था गरिएको छ ।
नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको बताए । उनले राजस्व बुझाउन लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरूलाई सहज हुने बताए ।
सो प्रणालीबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने र यसले योजना निर्माणलाई पनि सहज बनाउने नगरपालिकाको विश्वास रहेको छ ।
करदाताले कर तिर्नको लागि ई–पोर्टलमा विवरण भरेर दर्ता गरेको हुनुपर्छ । त्यसपछि ई–सेवा र खल्ती डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइल बाटै कर भुक्तानी गर्न सकिनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




