श्री नवप्रभात माध्यमिक विद्यालय पोखरामा नेपाल युवा रेडक्रस सर्कल पुनर्गठन

नेपाल युवा रेडक्रस सर्कल श्री नवप्रभात माध्यमिक विद्यालय पोखरा – ९, नयाँबजारको कार्यसमिति पूर्नगठन गरिएको छ । आज भएको सर्कलको अधिवेशनबाट ११ सदस्यित नयाँ कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको अध्यक्षमा शान्ति पुन, उपाध्यक्षमा विकास दर्जी, सचिवमा रश्मि सापकोटा, सहसचिव उषा गुरुङ र कोषध्यक्षमा सुनामी पराजुली चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा स्मिता राई, सुरज कुमार चौधरी, सदिक्षा हमाल, शान्ता सापकोटा, स्नेहा ताम्राकार र प्रशान्त तामाङ चयन भएका छन् । सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको पदावधी १ बर्ष रहेको छ । कार्यक्रमले युरेस नवप्रभात मा.वि को शिक्षक नायकमा सूर्यबहादुर थापा र सह शिक्षक नायकमा चुडामणी दाहाल र ममता गुरुङलाई चयन गरेको छ ।

पूर्नगठन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको उपशाखा वडा नं. ९ का सभापती राजेन्द्र पहारीले विद्यालयको युरेस र उपशाखाबिच सहकार्य गरी आगामी दिनमा मानव सेवामा समर्पित हुने बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको युरेसले आगामी दिनका कास्की जिल्लामा नै उत्कृष्ट सर्कलको रुपमा क्रियाशिल रहने गरी कार्य गर्न शुभकामना दिनुभयो ।

युरेस नवप्रभातका संरक्षक तथा विद्यालयका प्रअ मायाकुमारी थापाले कार्यक्रममा उपस्थित अतिथि र विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमका अतिथि तथा वडा नं. ९ का जनप्रतिनिधी नन्दराम गीरी र युरेसका पूर्व शिक्षक नायक शारदा पहारीले नवगठित कार्यसमितिका पदाधीकारीहरुलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । बन्दसत्रमा विद्यालयका शिक्षक शान्तराम लामिछानेले निर्वाचन समितिको संयोजक र जानकी पौडेल तथा यमप्रसाद भण्डारीले सदस्यको रुपमा भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक बिनप्रसाद पौडेलले गर्र्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close