
नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । कोरोनाको कहरका बीचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा सञ्चारकर्मी डब्बु क्षेत्रीको रोहवरमा निर्वाचन सम्पन्न गरिएको छ । पाँचौ महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।
संगठनले नयाँ नेतृत्व पाएसँगै नेपाली चलचित्र एवम् श्रव्यदृश्यसँग आवद्ध रहेका कलाकार, प्राविधिक एवम् श्रमिकहरूको हितमा आफूहरूले काम गर्ने संगठनकि केन्द्रिय सदस्य तुलशा कटुवालले बताइन्।
त्यसैगरी तुलशा कटुवालले सबैलाई शुभकामना पनि दिए
नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको आज सम्पन्न पाँचौ महाधिबेशनबाट मलाई केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित गरीदिनु भएकोमा सम्पूर्ण चलचित्र कलाकर्मी, विशिष्ट व्यक्तित्व, पत्रकार मित्रहरूमा हार्दिक धन्यबाद व्यक्त गर्दछु । आगामी दिनमा यस संस्थामा रही आफ्नो पदिय जिम्मेवारी पूर्णरूपमा निबाउने प्रतिबद्दता व्यक्त गर्दछु ।