पर्सेली पत्रकारहरुलाई नेपाल बार एसोसिएसन पर्साद्वारा सम्मान ।

बिरगंज , साउन ३० गते शनिबार ।

नेपाल बार एसोसिएसन पर्साद्वारा पर्साका पत्रकारहरुलाई शनिवार सम्मान गरेको छ ।

आज नेपाल बार एसोसिएसन पर्साको सभाहलमा आयोजित कार्यक्रममा बार एशोसियसनले नेपाल पत्रकार महासघ पर्सा शाखामा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मानीत गरेको हो ।

नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष ओमप्रकाश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता सालिग्राम प्रसाद ,अधिवक्ता रामेश्वर सेढाई , बिरेन्द्र यादव , रामनारायण कुर्मी लगायतको पनि उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close