एमालेका युवा नेता गुप्ताले व्यक्तिगत खर्चबाट गराए बाटो मर्मत।

वीरगंज,भदौ १३
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरीमा नेकपा एमालेका युवा नेता उमेश गुप्ताले आज व्यक्तिगत खर्चमा बाटो मर्मत गरेका छन । वडाको बाटो मर्मत गर्न गाँउपालिकालाई पटक पटक ताकेता गर्दा पनि गाँउपालिकाले चासो नलिएपछि युवा नेता गुप्ताले आफनो व्यक्तिगत खर्चबाट बाटो निर्माण गरेका हुन ।

बाटो मर्मत पछि आवात जावातमा सजिलो भएको स्थानियले बताए छन । बाटो मर्मत नहुदा बर्षायाममा स्थानियलाई निकै समस्या हुने गरेको र निर्वाचित जनप्रतिनिधिले बाटो मर्मत गर्न आलटाल गरेपछि आफै बाटो मर्मत गरेको युवा नेता गुप्ताले बताए ।

उनले टोलमा बिग्रेका करिब एक किलोमिटर बाटोमा ग्रेभल खसाएर बाटो मर्मत गरेको जानकारी दिनुभयो । गुप्ताले यसअघि पनि गाँउपालिकाको बिभिन्न टोलहरुमा समाजिक कार्य, सरसफाई ,बाटो निर्माण जस्ता काम गर्दै आएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close