
पवन प्रसाद साह
वीरगञ्ज/१९भादौ
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को सहयोग मा र राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगञ्ज महानगरपालिका वडा नं १७अलौं वडा इकाई कमिटाी को आयोजनामा आज निशुल्क माक्स बितरण गरिएको छ।
सो माकस बितरण राष्ट्रिय प्रजातन्त्र पार्टी को केन्द्रिय सदस्य बाबुलाल शर्मा को प्रमुख अतिथि तथा राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौं वडा इकाई सभापति छठु साह कानु को अध्यक्षतामा मा माकस बितरण गरिएको थियो।
माक्स बितरण गर्दै केन्द्रीय सदस्य र वडा इकाई सभापति ले माक्स लगाइ बाहिर निसिकन तथा भिडभाड मा नजान सुझाव दिदै सेनिटाइजर को प्रयोग गर्न सुझाव दिएका थिए।
माकस बितरण कार्यक्रम मा राष्ट्रिय प्रजातन्त्र पार्टी दलित संगठन का केन्द्रिय सदस्य उमेस राम, राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगञ्ज महानगरपालिका वडा नं १७अलौं वडा इकाई कमिटी को सह सचिव बिसनु राम सदस्य राजु पटेल, मनमोहन कुमार मालि, धिरज कुमार पटेल,सागर पटेल लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।




