लौहपुरुष स्व. गणेशमान सिंह को २४ औ पुण्यतिथी को अवसरमा बिरगंजमा गणेशमान सिंह को सालिक परिसरमा दिप प्रजवलन कार्यक्रम को आयोजना ।

लालबाबु सिंह २असोज

बिरगंज । लौहपुरुष स्व. गणेशमान सिंह को २४ औ पुण्यतिथी को अवसरमा बिरगंजमा गणेशमान सिंह को सालिक परिसरमा दिप प्रजवलन कार्यक्रम को आयोजना गरिएको छ । नेपाली काङ्ग्रेस बिरगंज वडा कार्यसमिति ५ ले बिरगंज को गणेशमान सिंह चौकमा अवस्थित स्व. गणेशमान सिंह को सालिक परिसर मा आयोजना गरेको सो कार्यक्रममा नेपाली काङ्ग्रेस पर्सा का सभापती अजय दिवेदीले उहाको सालिक मा माल्यार्पण गरेका थिए भने बिरगंज का उपमेयर शान्ती कार्किले दिप प्रज्वलन गरि फुल अबिर चढाइ उहाप्रती श्रद्धा सुमन अर्पण गरेका थिए ।

स्थानिय अग्रज समाजसेवी मोहनलाल सराफ एवम गणेशमान सिंह फाउन्डेसन का अध्यक्ष प्रकाश अमात्य लगायत सहभागी सम्पुर्णले फुल अबिर चढाउनु का साथै दिप प्रज्वलन गरि श्रद्धा सुमन अर्पण गरेका थिए ।

सो अवसरमा नेपाली काङ्ग्रेस का उपसभापति प्रकाश उपाध्याय , क्षेत्रीय सभापती बिजय सराफ,बिमपा वडा ४ का वडाअध्यक्ष जगत साह कानु, नेपाली काङ्ग्रेस का नेता नरेन्द्र शाह , मधुसूदन कुमार श्रीवास्तव , जिपि कोइराला फाउन्डेसन का सभापती मो. सहाबुद्धिन ,नेपाल महिला संघ को अध्यक्ष बिधा श्रेष्ठ , स्कुल आफ डेमोक्रेसी का अध्यक्ष कोकिला कडेल चौरसिया , वडा -४ का वडासदस्य राधा कार्की- शर्मा गोसाइ, मिन्टु सिंह ,वडा ४ का बुथ सभापती मणि कुमार खडका,किरण सरकार,सुशील जोशी ,मनोहर साह, दिलिप कार्की , सन्चारकर्मिहरु पब्लिक एफएम का लालबाबु सिंह ,बिन्दास एफ एम का पन्नालाल पटेल लगायत नेपाली काङ्ग्रेस पर्सा का नेता कार्यकर्ताहरु ,बुथ ४ एवम ५ का पदाधिकारि सदस्य हरु, भातृ संगठन का नेता कार्यकर्ता हरु एवम स्थानियहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रम का सहभागिहरुले एक मिनेट मौन धारण गरि स्व. गणेशमान सिंह प्रती श्रद्धाञ्जली अर्पन गरेका थिए भने कार्यक्रम को सहजीकरण नेपाली काङ्ग्रेस बिमपा वडा कार्यसमिती ५ का अध्यक्ष हुकुम सिंहले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close