लायन्स क्लब अफ बिरगंजको आयोजनामा र उपकार सेवा नेपालको सहयोगमा पंखा हस्तान्तरण ।

बिरगंज , असोज १२ गते मंगलवार ।

लायन्स क्लब अफ विरगंजको आयोजना र उपकार सेवा नेपालको सौजन्यमा बिरगंज महनगरपालिका वडा न १८ सौराह स्थित लायन्स क्लब अफ बिरगंजको आफ़नै जग्गामा संचालित श्री नेपाल रस्ट्रिय आधारभूत स्कूलमा क्लबको अध्यक्ष लायन छेडुप लामा ज्युको सभापतित्व र वडा अध्यक्ष श्री ब्रह्मादेव प्रसाद कर्मीज्युको प्रमुख अथित्वमा पंखा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।बिसेस अथितिमा उपकार सेवा नेपालका अध्यक्ष श्रीमती पूजा सरवगी, लायन मनोहर टिबडेवाल, लायन बलराम श्रेस्ठ, विधालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुनील पटेल, स्कूलका प्र.अ. रामेश्वर प्रसाद पटेल लगायत गाऊँका गण्यमान्य व्यक्तित्व, शिक्षक,अभिभावक र विधायर्थीको उपस्थिति रहेको थियो ।

उक्त स्कूलमा पंखाको अभाव रहेको हुनाले स्कूलले मांग गरे बमोज़िम ६ थान पंखा हस्तान्तरण गर्यो ।कार्यक्रममा स्वागत मन्तव्य ज़ोन चेरपर्सन लायन बलराम श्रेस्ठले गर्नु भएको थियो भने मन्तव्य राखने क्रममा लयान मनोहर टिंबड़ेवाल, प्र.अ. रामेश्वर प्रसाद पटेल, विधालय व्यस्थापन समितिका अध्यक्ष सुनील पटेल, प्रमुख अथितिले आऊने दिनहरूमा उक्त स्कूलको भौतिक संरचना लगायत पढ़ाईलाई सुधारनु पर्ने मा ज़ोड दिनु भएको थियो ।

अन्त्यमा सभापति छेडुप लामाले उपकार सेवा नेपाल र वडा समितिलाई मायाको चीनो प्रदान गर्दै सबै अतिथिहरू लाई धनयबाद ज्ञापन गरी कार्यक्रम समापन गर्नु भयो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ बिरगंजका सचिव लायन पप्पू श्रीवास्तवले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close