बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्तालाई सम्मान ।

बिरगंज , असोज २३ गते शनिबार ।

बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्तालाई सम्मान गरेको छ ।युरोपियन ईन्टरनेशनलले बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्तालाई विद्यावारिधिबाट सम्मानित गरेको थियो ।

उद्योग , व्यापारीमा उहाको उल्लेखनीय भुमिका रहेकोले सो सम्मान गरेको थियो ।उहाको सम्मान सम्पुर्ण पर्साबासिको सम्मान भएकोले आउने दिनमा अझै उतरोतर प्रगति र जिम्मेवारी पुर्वक काम गर्ने हौसला बढाेस भनेर राष्ट्रिय सरोकार मञ्च नेपाल , नारायणी र क्रियाशिल युवा पत्रकार मञ्च नेपालको सन्युक्त आयोजनामा उहालाई आज नेपाल पत्रकार महासघ पर्साको सभाहलमा एक कार्यक्रम बीच सम्मान गरेको हो।

क्रियाशिल युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय साहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय अनुशन्धान बिभाग पर्साका उपनिर्देशक टिका पोखरेल रहनु भएको थियो ।

सो कार्यक्रम बिशिस्ट अतिथि पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे , नेपाल पत्रकार महासघ प्रदेश न.२ का महासचिव श्याम बन्जरा , पर्साका अध्यक्ष अनुप तिवारि , बिरगंज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल पटवारि लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

सम्मान कार्यक्रममा बिरगंज उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि गौतम , माधव राजपाल , महासचिव मनोज दासको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य राष्ट्रिय सरोकार मञ्च नेपाल , नारायणीका संयोजक नन्द किशोर गोयलले र कार्यक्रम संचालन सन्चारकर्मि सुर्य बिकले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close