
पर्सा जिल्लाको वीरगंज विर्ता स्थित तराई डाइग्नोस्टिक एण्ड मेडिकल सेन्टर को गलत रिपोर्ट दिनेगरेको खुलासा भएको छ।
पर्साको वीरगंज स्थित रानिघाट वार्ड नं ९ मा बस्ने बिरसना देबी को सुत्केरी हुने दिन पुगेको र उक्त बिरसनाको सरिर रगतको कमि भएको डक्टर को भनाइ अनुसार रगत चेकजाँच गराउन जाद तराई डाइग्नोस्टिक एण्ड मेडिकल सेन्टरमा (A )positive रिपोर्ट दिएको र फेरी उक्त बिरामी लाइ वीरगंज ओम हस्पिटल प्रा•लि मा भर्ना गर्न जादा फेरि उत्क बिरामीको त्याहाँ रगत चेक गराउदा (B) positive रगतको रिपोर्ट बताए पछी फेरी वल्ड बैंकमा रगत चेकजाँच गर्दा (B) positive नै आएपछि त्यस तराई डाइग्नोस्टिक एण्ड मेडिकल सेन्टर ले( A) positive गलत रिपोर्ट प्रमाणित गरेको पुष्टि भएको छ।

उक्त बिरामी बिरसना देबीको बच्चा वीरगंज ओम हस्पिट प्रा लि•मा सकुसल रुपमा बच्चा भएको बिरामीका श्रीमान रोसन सरार्फ ले जानकारी दिए। साथै सम्बन्धित निकाय सँग कानूनी कार्वाही को माग गरेका छन । उनका अनुसार हामि जस्तो घटना कुनै अरु ब्यत्किहरु सँग नदोहोरियोस भनि सम्बन्धित निकाय को ध्यानाकर्षण गराउन खोजेको बताएका छन।

हुनत वीरगन्जमा चयाउ जस्तै उम्रेका स्वास्थ्य क्षेत्रहरुमा यो एउटा नौलो घटना होइन तर सम्बन्धी निकाय यसरी मौनता देखाउदा निकै चिन्ताको बिषय बन्दै गएको छ। आमनागरिकको स्वास्थ्य संग खेलवाड गर्ने यसता स्वास्थ्य कर्मी र उनका संस्थालाई तुरुन्त कानुनको दायरामा ल्याउन आमनागले दैनिक रुपमा माग गर्दै आएका छ्न।




