छठ मान्न पूर्व युवराज्ञी हिमानी वीरगंज आउनु हुँदै

हिन्दुहरुको दोश्रो ठूलो पर्व छठ पूजाको लागि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहको वीरगंजमा आगमन हुने भएको छ ।

यही कार्तिक २४ गते वुधवारका परेको छठ पर्वका दिन पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले वीरगंज घडिअर्वा पोखरीस्थित छठ घाटमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिनु हुने भएको राष्ट्रिय नागरिक संघर्ष समितिका हिरा बहादुर चन्दले चन्द्रसूर्यलाई बताउनु भयो ।

केहि अघिसम्म खासगरी तराई एवं भारतीय हिन्दू नारीहरुले मात्र विशेष रुपमा धूमधामका एवं श्रद्धा एवं भक्तिपूर्वक मान्दै आएको पर्व अब देशको पहाडी भेगमा पनि मनाउन थालिएको छ ।

सोही क्रममा हिन्दू धर्म एवं आस्थाका संरक्षक मानिएको संस्था राजसंस्थाका प्रतिनिधि पूर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह पनि तराईका व्रतालुहरुसँगै छठ घाटमा गई पूजा गर्ने खबरले यस क्षेत्रका आस्थावानहरुमा उत्साह छाएको छ ।

छठ पूजाको लागि भनि आउन लाग्नु भएकी पूर्व युवराज्ञीको यसपालीको वीरगंज बसाई चार दिन रहने र सो क्रममा बाराको सिम्रौनगढ क्षेत्रको अवलोकन, वीरगंज आसपासका सर्वसाधारण नागरिक, पत्रकारलगायतसँग भेटघाट कार्यक्रम पनि रहेको चन्दले बताउनु भयो ।

पूर्व युवराज्ञी हिमानी सरकारको स्वागत एवं भ्रमणलाई व्यवस्थित बनाउन यस क्षेत्रका राष्ट्रवादी संघसंस्थाका प्रतिनिधिहरु स्वागत मूल समारोह समिति गठन गर्ने तयारीमा जुटेको राष्ट्रिय नागरिक संघर्ष समितिका बारा पर्सा संयोजक अब्दूल सत्तार अंसारीले बताउनु भयो । chandrasuryawani

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close