सोनार युवा अभियान द्वारा सिर्सिया नदीको प्रदुषित पानी रोकन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लाइ ज्ञापन पत्र बुझाइयो।

वीरगंज, पर्सा

सोनार युवा अभियान वीरगगंज पर्सा ध्दारा सिर्सिया नदी को प्रदुषित पानि रोकन को लागि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाइ ज्ञापन पत्र बुझाएको छ।


सोनार युवा अभियान समितिले प्रत्येक वर्ष हिन्दु महिला र पुरुष हरुले मनाउने छठ पर्वको लागि नदि सरसफाई, घाट निर्माण, सरसजावट लगायतका कार्यहरु गर्दै आएको व्यहोरा सोनार युवा अभियान का अध्यक्ष राज कुमार सरार्फ ले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाइ समक्ष अवगत गराउनु भएको थियो।

यस वर्ष मिति २०७८/०७/२४ गते छठ पर्व हुने भएकोले यस समाजका युवाहरु सिर्सिया नदी रानिघाट, छपकैया गमगढवा किनारमा छठ पुजाको घाट निरीक्षण गर्न जादा नदी अतिनै दुर्गन्धित रहेको व्यहोरा समेत सोनार युवा अभियान ले पर्सा का प्रमुख जिल्ला अधिकारी लाइ ज्ञापन पत्र मार्फत जानकारी गराएको छ।

साथै यस नदीमा कल-कारखाना, ढल निकास लगायतका दुषित पानीहरु बग्ने भएकोले नदीको पानी दुर्गन्धीत तथा हालपूजा गर्न नसक्ने अवस्था रहेको छ । छठपर्वमा आस्था राख्ने वर्तालुहरुले २ दिन निर्जलावतं वसि छठ घाटमा गएर पूजा गर्नुको साथसाथै पर्वको एकदिन पहिला देखी नै नदीमा स्थानध्यान तथा पूजाका विभिन्न कार्यक्रमहरु नदीको पानीमै गर्नु पर्ने भएकोले विगतको
वर्षहरुमा १५ दिन अगाडिदेखि नदी सरसफाईमा कडाई हुदै आएको ज्ञापन पत्र मार्फत पर्सा का प्रमुख जिल्ला अधिकारी लाइ जानकारी गराएको छ

यस नदीको पानी दुषित तथा दुर्गन्धीत रहेकोले पूजा गर्न साहै कष्टकर, अस्भाविक भएकोले पूजाआजा तथा घाट व्यवस्थापनमा समस्या भएकोले केही दिनका लागि उक्त नदीमा दुषित तथा दुर्गन्धीत पानीको बहावरोक्न आवश्यक कार्यको लागि सोनार युवा अभियान का अध्यक्ष राज कुमार सरार्फ ले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाइ ज्ञापन पत्र बुझाउदै आग्रह गरेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close