नेपाली कांग्रेस को प्रदेश २ काे संयाेजक रिजाल

वीरगंज । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय ले संयोजक तोकेको छ ।

आइतबार बसेको नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठकले क्रमस प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो ।

हाल नेपाली कांग्रेस पार्टीको प्रदेश समिति नभएका कारण अधिवेशनका लागि बैठकले संयोजक तोकिएकाे जनाएकाे छ । प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ ।

बैठकले पार्टीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति समेत गठन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close