सर्लाहीको ईश्वरपुर नगरपालिकाका दुई जना वडा सदस्य एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको ईश्वरपुल नगरपालिकाका दुई जना वडा सदस्यलाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ईश्वरपुर-११ का वडा सदस्यद्धय सोनेलाल शाह र उमेश रायलाई उक्त घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। ढलान काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरि दिएबापत उनिहरुले उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ।

सर्लाहीको लालबन्दी-७ स्थित कृष्ण इन्टरप्राइजेजबाट उनीहरु पक्राउ परेका हुन्। deshsanchar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close