वीरगंजको अलौंमा बिराट कुस्ती दंगल सम्पन।

पवन प्रसाद साह
वीरगंज, पर्सा

पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १७ अलौं सिवान टोल मा महाबिरी झण्डा मेला तथा बिराट कुस्ती दंगल प्रतियोगिता सम्पन्न भएको छ।

उत्क बिराट कुस्ती दंगल प्रतियोगिता को प्रमुख अतिथि प्रदेस नं २ का माननीय प्रदेस सासंद करिमा बेगम ले रिबन काटी बिराट कुस्ती दंगल प्रतियोगिता को उदघाटन गरेकी थिइन ।

साथै पहिलो कुस्ती कर्ताहरु को हात मिलाएर बिराट कुस्ती दंगल प्रतियोगिता को उदघाटन गरेकी थिइन् । साथै कुस्ती कर्ताहरु लाइ देस बिदेस मा नामरोसन गर्न आफनो कुस्ती लाइ अज राम्रो ढङ्गले प्रस्तुत गर्न शुभकामना समेत ब्यत्क गरेकी थिइन्।

उत्क बिराट कुस्ती दंगल को आयोजना वीरगंज महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष पती बिरेन्द्र प्रसाद यादव को ब्यत्किगत आर्थिक सहयोग मा मा बिराट कुस्ती दंगल प्रतियोगिता को आयोजना गरिएको थियो।

साथै महाबिरी झण्डा मेला समिति का अध्यक्ष चोकट साह तथा मेला समिति का वरिष्ठ सलाहकार रंजित चौधरी लगायत मेला समिति का पदाधिकारी तथा अलौं गाउ वासी को सहयोग रहेको थियो।

उत्क बिराट कुस्ती दंगल मा पर्सा जिल्ला का स्थानिय कुस्ती कर्ता र भारत बिहार का कुस्ती कर्ताहरु को सहभागिता रहेको थियो।

कुस्ती कर्ताहरु लाइ वीरगंज महानगरपालिका वडा नं१७अलौं का जनप्रतिनिधि तथा भारत बिहार का हरैया,पंटोका,भरतमै,हाजमाटोला, रक्सौल,का नेताहरु ले कुस्तीकर्ताहरु लाइ हात मिलाएका थिए।

बिराट कुस्ती दंगल प्रतियोगिता करिमा बेगम को प्रमुख अतिथि मा भएको प्रतियोगितामा वीरगंज महानगरपालिका वडा नं १७ अलौं का वडा अध्यक्ष पती बिरेन्द्र प्रसाद यादव, वीरगंज महानगरपालिका वडा नं १७ का वडा सदस्य जाकिर हुसेन, जिल्ला समन्वय समिति पर्सा का जिल्ला सदस्य अमोद यादव, नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा,१७ का पुर्ब वडा सभापति सत्यनारायण साह कानु, जनता समाजबादी पार्टी का युवा नेता प्रमोद गुप्ता,समाज सेवी अमर यादव, नेता जादोलाल सहनी लगायत बिभिन्न ब्यत्किहरु को उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close