
वीरगंज, पर्सा
पर्सा जिल्लाको बहुदरमाई नगरपालिकमा अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ।
बहुदरमाइ नगरपालिका को सभाहल मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।
उत्क अन्तरक्रिया कार्यक्रम बहुदरमाइ नगरपालिका को नगर प्रमुख प्रमुख नितेन्द्र प्रसाद साह को प्रमुख अतिथि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। “घरै बाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ” भनने् नारा साथ अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा बहुदरमाई नगरपालिकाको आयोजना र N.G.O.C.C पर्साको समन्वयमा अपाँगता भएका ब्यक्तिहरुको अभिभावकहरु तथा सरोकारवाला निकाय बिचअनुशिक्षण कार्यक्रम भएको थियो।
साथै उत्क कार्यक्रम मा सहभागी अपाँगता भएका २ (दुई)जना ब्यक्तिलाइ नगर प्रमुख नितेन्द्र प्रसाद साह बाट बैशाखी बितरण गर्ने कार्य समेत गरिएको थियो।
उक्त कार्यक्रममा नगर उप-प्रमुख श्रि गायत्री देबि यादब तथा नि.प्र.प्र अधिकृत श्री बिदुर प्रसाद उप्रेती र महिला बिकाश अधिकृत पार्बती पौडेल को उपस्थितीमा उक्त कार्यक्रम सम्पनन् भएको थियो।




