
बिरगंज , पुष ०९ गते शुक्रबार ।
वडा प्रहरी कर्यालय बिर्तामा प्रतिक्षालय र पार्किङ्गको टहरा निर्माण गरिएको छ । वीरगंज महानगरपालिका वडा नं. ४ को कार्यालयले प्रतिक्षालय र रुङ्गटा वेलफेयर सोसाइटीले सवारी पार्किङ्गको टहरा निर्माण गरेको हो । वडा प्रहरी कार्यालय बिर्तामा निर्माण गरिएको प्रतिक्षालय र सवारी पार्किङ्ग टहराको आज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रहलाद कार्कीले उद्घघाटन गर्नु भएको थियो ।
वडा प्रहरी कार्यालय बिर्तामा विभिन्न विषयमा छलफल तथा मुद्दा मामिलामा परेका व्यक्तिका आफन्तहरुले प्रतिक्षा गर्नमा असहज भएको भन्दै वडा नं. ४ को कार्यालयले सो प्रतिक्षालय करिब ४ लाख ६० हजारको लागतमा निर्माण गराएको वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानुले जानकारी गराउनु भएको थियो ।
सोही क्रममा प्रहरी नायब उपरीक्षकले दाता रुङ्ग्टा वेलफेयर सोसाइटीद्वारा निर्मित गाडी पार्किङ्गको टहरा समेत उद्घघाटन गर्नु भएको थियो ।
कार्यक्रममा सहयोग पुर्याउनु हुने दाताहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कार्कीले मायाको चिनो खुकुरी हस्तान्तरण गरी सम्मान गर्नु भएको थियो ।साथै वहाँले आउदो दिनमा पनि दाताहरुले यस्तै सहयोग गरिरहुन भन्ने आग्रह गर्नु भएको छ ।
कार्यक्रममा रुङ्ग्टा वेलफेयर सोसाइटीका सुरेश रुङ्गटा, पर्सा जिल्ला ट्राफिकका प्रहरी निरीक्षक सुमन कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, वडा प्रहरी कार्यालय श्रीपुरका दिनेश गौतम, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, चन्द्र अग्रवाल, राकेश अग्रवाल, सर्फुदिन मिया लगायत सन्चारकर्मीको सहभागीता रहेको थियो ।




