
पवन प्रसाद साह
वीरगञ्ज, ३०फाल्गुन ।
कानु समाज नेपालन वीरगंज महानगरपालिका वडा नं १७ साबिक अलौं वार्ड नं २ स्थित मोठिया को धर्मसाला मा हाेली मिलन समाराेह भब्य रुपमा सम्पन्न भएकाे छ । राष्ट्रिय पहिचान जातीय स्वाभिमान समग्र विकास र आत्म सम्मान रक्षाकाे लागि कानु समुदाय एक जुट हाेऔ भन्ने मुल समाराेह सम्पन्न भएकाे हाे ।
शिवनारायण साह कानु को अध्यक्षता तथा डा. शुसिल कुमार साह काे प्रमुख आतिथ्यमा सम्पन्न कार्यकयमा उहाले अब स्वजातियहरु सगठन सगै अन्य क्षेत्रमा समेत एक भएकाे खण्डमा आफ्नो हकअधिकार सुनिशि्चता हुने धारणा राखेका थिए।
अतिथिहरुमा जगदेव साह कानु,नथु साह कानु,राजबंसी साह कानु,संकर साह कानु,झोटी साह कानु , छठु साह कानु सल्लाहकार सत्यनारायण साह कानु लगायतले आ—आफ्नो धारणा एव शुभकामना राख्नु भएकाे थियाे भने कार्यक्रम को संचालन प्रदिप साह कानु ले गरेका थिए।




