राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगर अध्यक्ष लाइ थप जिम्मेवारी

वीरगंज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ लाइ थप जिम्मेवारी पाइएको छ।

आजैको मिति देखि पुनः एकपटक वीरगंज देखि रक्सौल बजार सम्म चलने टेम्पोहरुको अध्यक्ष पदमा जलेश्वर सरार्फ लाई सम्मपुर्ण टेम्पो धनीहरु तथा चालकहरुले भव्य उपस्थितमा सर्वसहमतीले चयन गरेका छन् ।

सर्वसहमतिले अध्यक्ष पदमा चयन भएका जलेश्वर सरार्फ ले आफनो अभिब्यक्ति दिदै भने म टेम्पो चालक र टेम्पो धनी को राय सुझाव संकलन गरी अगाडि बढने र ब्यवस्थापन समेत राम्रो सँग गरेर लै जाने आफनो अभिब्यक्ति दिएका छन्।

यस अघिका अध्यक्ष मुम्ताज मिया मन्सुरीले हामीबाट उठाएका रकमको कुनैपनी आर्थिक आयवय सार्वजनिक नगरेका तथा टेम्पोहरु सन्चालनमा समेत लापरबाही गरेकाले हामीले वहाँलाई हटाएका टेम्पोधनी तथा चालकहरुले बताएका छन।मुम्ताजले विगत ६ वर्षदेखि वीरगंज- रक्सौल टेम्पो संचालक कम्पनी प्रालिको आडमा प्रत्येक टेम्पोबाट रु.५०/- को दरले दैनिक ट्रीप शुल्क उठाउने गरेका र नेपाल सरकारको समेत कर छल्ने गरेकाले अविश्वासको प्रस्ताव लगाएर उनलाई हटाईएको आरोप टेम्पो चालक तथा टेम्पो धनीहरुले लगाएका छन।

ईरिक्साको हकमा हाईवेमा गुडन नपाईने कानुनी प्रावधान बिधमान हुँदा समेत मुम्ताजले ईरिक्साको अध्यक्षसंग मिलेर टेम्पोको पार्किङमा ल्याएर पार्क समेत गराउने जस्ता अवैधानिक कार्यगरेकाले मुमताजलाई हटाईएको टेम्पो धनीहरु तथा चालकले आरोप लगाएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close