बीरगंजको रानीघाटमा भागवत कथा हुने ।

बीरगंज , चैत्र २० गते आइतबार ।

बिरगंजको रानिघाटमा भागवत कथा हुने भएको छ । बीरगंज महानगर पालिका वडा न. १० रानीघाट स्थित आदिशक्ति कुमारी माई मन्दिरमा स्थापित मुर्तीको प्राणप्रतिष्ठा एवम् भागवत कथा हुने सम्पूर्ण तयारी पूरा भएको छ । बीरगंज रानीघाटस्थित मन्दिरमा आयोजित पुजा एवम् कथाको लागि भोली बिहान ८ बजे देखी कलश यात्रा हुने र दिउँसो २ बजे देखी ७ बजे सम्म भागवत कथा हुने यज्ञकर्ता नारायण तिवारीले बताउनु भयो ।

चैते दशैंलाई मध्यनजर गर्दै समस्त नगरवासी रानीघाटले आयोजना गर्न लागेको भागवत कथा भारतको काशीबाट आउनु भएका मधुकरजी महाराज द्वारा कथा वाचन गर्नुका साथै झाँकी समेत प्रस्तुत गर्ने जनाइएको छ । सात दिन सम्म चल्ने पुजा एवम् कथा वाचनमा सहभागी भई पुण्यको भागी बन्न पुजाको मुख्य जजमान शिवजी प्रसाद कलवारले सम्पूर्णलाई आग्रह गर्नु भएको छ ।

कर्मकुटी बिधान एवम् जलाधिवास २३ गते बुधबार, प्राणप्रतिष्ठा एवम् पुर्णाहुती कुमारी पुजन तथा प्रसाद बितरण २७ गते आईवारका दिन हुने कुमारी माई मन्दिर समितीले जनाएको छ । पुजामा पण्डित सुरेन्द्र तिवारी, संतोष झा, रामनारायण महतो धानुक लगायतको सहभागीता रहने छ । भागवत कथा तथा पुजामा भारतका बिभिन्न ठाँउका पण्डितहरुको सहभागीता रहने समेत मन्दिर समितिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close