
पवन प्रसाद साह
वीरगंज/१ पुष
स्व श्री ५ महेन्द्र बिर बिक्रम शाह देव को १०४ औ जन्मजयन्ती वीरगंज मा मनाइएको छ।
संबिधान दिवस तथा स्व श्री ५ महेन्द्र बिर बिक्रम शाह देव को १०४ औ जन्मजयन्ती २०७९/९/१ आज पुष १ गते को उपलक्ष्यमा वीरगंज महानगरपालिका को सभा गृहमा रहेको मौसुफ सरकार सालिकमा फुलमाला माल्यार्पण गरी मौसुफ सरकार देश र जनताका लागि गरी बक्सेको योगदान प्रति चर्चा गरी सरकारको श्रद्धाञ्जली आर्पण गरिएको थियो।
उक्त कार्यक्रम नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनक लाल शाह को अध्यक्षतामा भएको कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष संगिता देवी शाह,पर्सा जिल्ला उपाध्यक्ष उमाशंकर प्रसाद,पर्सा जिल्ला कोषाध्यक्ष बिष्णु कुमार दास,पर्सा जिल्ला सचिव संतोष कुमार गुप्ता,बिश्व हिन्दू महासंघ का केन्द्रिय सदस्य पृथ्वी झा, सदस्यहरू राजेन्द्र पाल, हरेराम प्रसाद रौनियार,बिरेन्द्र साह तेली,इदा मिया, राधाकृष्ण चौहान, वकिल मिया,शिवसंकर प्रसाद, बिक्रम शाह, बजरंगी साह,अच्छेलाल साह सोनार लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।




