
बिरगंज , पुष ३० गते शुक्रबार ।
थारु सम्बत २६४७ औं तथा खचडि ( माघी) पर्व २०७९ को अवसरमा आयोजित पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार सम्पन्न भएको छ ।
माघी ( खचडि ) मुल समारोह समिति , पर्साको आयोजना भएको पत्रकार सम्मेलनमा थारु जातिहरुको महान पर्व माघी ( खिचडि) कार्यक्रमको बारे जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनमा कार्यक्रमको सम्पुर्ण तयारी भैइ सकेको र थारु माघी समारोह यसपालि आदर्शनगर, पुरानो बसपार्क बिरगंजमा माघ १ गते आइतबारका दिन दिउसो १२:३० बजे देखि सुरु हुने बताएका थिए ।
कार्यक्रमको आकर्षण थारु सास्कृती प्रभातफेरि बिहान ११:३० बजे घन्टाघर देखि आदर्शनगर पुरानो बसपार्क सम्म , थारु सास्कृति झलक्ने घाटो , झम्टा, सामाचकेवा, थारु पुर्बी नाच , थारु समुदायका बालबालिकाहरुद्वारा थारु गितमा नृत्य , थारु कलाकारद्वारा कला प्रदर्शण , थारु विशेष परिकारमा घोङ्गी , कैकरा, माछा , परेवा,हास , कुखुरा ,चिचर , लाई , तिल आदि परिकारका खानेकुराहरु राखिने बताए ।त्यसैगरि अन्य जातजातीहरुका खानाका परिकार पनि पाउने बताए ।जस्तै मधेसी समुदायका खानाका परिकार , नेवार समुदायका , मैथिली समुदायका , मारवाडी समुदायकाका खानाका परिकार पनि राखिने छन भने आम समुदायका जीवन रक्षाको लागि आवस्यक रगतको लागि रक्तदान कार्यक्रमको पनि व्यवस्था गरिएको र न्युज २४ राष्ट्रिय चैनलद्वारा ५४ राष्ट्रमा प्रत्यक्षप्रसारण समेत गर्ने भएकोले सो कार्यक्रममा सबै जना पाल्नु भैइ कार्यक्रम सफल बनाउन समेत आग्रह गरेका थिए ।
माघी ( खिचडी) मुल समारोह समिति २०७९, पर्साका कार्यक्रम सन्योजक रामसुन्दर चौधरी ,सह- संयोजक शेखर चौधरी , प्रचार प्रसार सन्योजक दिपेन्द्र चौधरी , सास्कृतिक सन्योजक बिजया ओझैया , रक्तदान सन्योजक अजय चौधरी , मंच व्यवस्थापन संयोजक परमान्द चौधरी , प्रभात फेरि सन्योजक अमय दास , अतिथि सत्कार सन्योजक गौतम चौधरी , सुरक्षा संयोजक मनोज चौधरी रहेका छन् ।
पत्रकार सम्मेलन परमान्द चौधरीको सभापतित्वमा भएको सो कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य नन्दकिशोर पन्जियार , मेलमिलाप थारु परिवार पर्साका अध्यक्ष मनोज चौधरी , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , प्रकाश थारु , बिजया ओझैया, थारु पत्रकार संघ पर्साका अध्यक्ष सम्भु थारु लगायतकाको सहभागीता रहेको थियो ।
स्वागत मन्तव्य थारु कल्याणकारी सभा पर्साका सल्लाहकार अमय दासले र कार्यक्रम सन्चालन पुनम चौधरीले गर्नु भएको थियो ।




