
वीरगंज, पर्सा
माघ १ गते आइतबार काठमाडौबाट पोखरा गइरहेका yeti airlines को विमान दुर्घटनामा परि ज्यान गुमाएका हरुको चिर शान्तिको लागि शोक सभा तथा केन्डल मार्च निकालियेको छ सो केन्डल मार्च बिरगंजको घन्टाघरबाट सुरु भइ माइस्थान आदर्सनगर हुँदै घण्टाघर चौकमा आइ समापन गरिएको थियो।
उक्त कार्यक्रम दिनानाथ साह कानुको संयोजकत्वमा आयोजना गरिएको थियो। कार्यक्रमका संयोजक कानुले श्रद्धाञ्जली सभामा आफ्नो मन्तब्य राख्दै भने लाइक र कमेन्टको लागि आज हामी यति सम्म निर्दयी र स्वार्थी भएकी मान्छे लाइ बचाउन छोडेर हामी भिडियो घिचदैछौ ।हे भगवान एकमा स्वर्गको नामले चिनिने हाम्रो राष्ट्र कता जादैछ।हे भगवान नेपाली जनतालाइ यति सम्म छुटयाउने ज्ञान दिनुस भनि प्रथना गरेका थिए। उक्त कार्यक्रम नितेश बर्णवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुचना घिमिरे,कोषाध्यक्ष सागर प्रजापति,सचिव कुनाल साह तथा सदस्यहरुको उपस्थिति थियोे ।




