
वीरगन्ज,५फागुन : गिरिजा प्रसाद (जिपी) कोइराला फाउण्डेसन बाराको संयोजकमा ललन कुमार यादवलाई मनोनित गरिएको छ।
शुक्रबार फाउण्डेसनका मधेस प्रदेश संयोजक मोहम्मद शाहबुद्धिनको अध्यक्षता तथा नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरको प्रमुख आतिथ्यतामा बसेको बैठकले फाउण्डेशन बाराको संयोजकमा यादवलाई मनोनित गर्ने निर्णय गरेको हो ।बैठकमै फाउण्डेसनका मधेस प्रदेश संयोजक शाहबुद्धिनले यादवलाई बारा संयोजकमा मनोनित गरिएको पत्र प्रदान पनि गरे ।
त्यसअवसरमा फाउण्डेसनका पर्सा संयोजक धिरज कुमार गुप्ता , निवर्तमान कोषाध्यक्ष मनोहर कुमार साह , सदस्य सन्तोष कुमार सिंह ,दिपक कुमार साह ,अंगद चौरसिया ,सुल्तान अख्तर लगायतकÞो पनि उपसिथती थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




