सरकार सँग जग्गा मागदै वीरगंजमा दलित सुकुम्बासीको प्रदर्शन तथा प्र.जि.अ. लाइ ज्ञापनपत्र बुझाए

भुमिहिन सुकुम्बासी,दलित भुमिहिन सुकुम्बासी तथा अवस्थित बसोबासिहरुले जग्गाको माँग गर्दै वीरगंजमा प्रदर्शन गरेका छन्।

चुरे तथा वन जंगल संरक्षण अभियान पर्साको आयोजनामा वीरगंज स्थित छपकैयाबाट निस्केको भुमिहिन सुकुम्बासी,दलित भुमिहिन सुकुम्बासी तथा अवस्थित बसोबासिहरुले नगर परिक्रमा गर्दै नाराहरू लगाउदै जस्तै बन फडानी गर्न पाउदैन , भुमिहिन दलित सुकुम्बासी , भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबास लाइ गाँस,बास, कपास को व्यवस्था गर भन्दै नारा लगाउँदै बिरोध प्रदर्शन गर्दै घण्टाघर चौकमा कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियान कि राष्ट्रिय सह-संयोजक रानी रायले मधेश प्रदेशका मुख्य मन्त्री तथा प्रदेस सांसद समेत लाई भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी, अव्यवस्थित बसोबास भएकाहरुको समस्या समाधानको लागि पहल गरेपनि सुनुवाई नभएकोले बिरोध कार्यक्रम गरको बताएकी थिइन्।

त्यस्तै कोण सभा सम्बोधन कै क्रममा चुरे तथा वन जंगल संरक्षण अभियान पर्साका उपाध्यक्ष विजय कुमार पासवानले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी, अव्यवस्थित बसोबास भएकाहरुको प्रत्येक वडा कार्यालयमा फर्म भरि अबिलम्ब दर्ता गर्नु पर्ने माँगका साथै सरकारले जग्गा धनी प्रमाण पुर्जा र गास , बास, कपास को सरकारले व्यवस्था गर्नु पर्ने भनि माँग गरेका थिए।

कोणसभा पछि जिल्ला प्रसासन कार्यालय पर्सामा पुगि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी समक्ष ज्ञापनपत्रमा उल्लेख गरिएका माँगहरु पढि सुनाइ ज्ञापनपत्र बुझाएका थिए।

विरोध प्रदर्शन तथा था ज्ञापनपत्र बुझाउने कार्यक्रममा चुरे तथा वन जंगल संरक्षण अभियान कि राष्ट्रिय सह-संयोजक रानी राय, जिल्ला अध्यक्ष संजय साह, जिल्ला उपाध्यक्ष विजय पासवान तथा सुकुम्बासी दलित,भुमिहिन सुकुम्बासी तथा अवस्थित बसोबासीहरुको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close