यातायातको लिखित परीक्षामा कर्मचारी नै सिकाउँदै

यातायात व्यवस्था कार्यालय, वीरगंजले सोमबार बिहानैदेखि लिइरहेको लिखित परीक्षामा कर्मचारीले बदमासी गरेका छन् । देशमै सवारी चालक अनुमति पत्र वितरणका मामलामा सबैभन्दा विवादित कार्यालयमा वीरगंज कार्यालय पर्दछ । कार्यालयले सोमबार बिहानैदेखि लिइरहेको लिखित परीक्षामा बढी परीक्षार्थी पास गराउन कर्मचारीले नै उत्तर सिकाइरहेको खबर प्राप्त भएको छ ।

दुई पांग्रे तथा चार पांग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रका लागि भइरहेको लिखित परीक्षामा कर्मचारीहरुले परीक्षार्थीलाई उत्तर लेख्न सिकाएको पाइएको हो । लिखितमा सफल उम्मेदवारहरुले ट्रायल दिन पाउनेछन् ।

यातायातमा देशमै बढी राजश्व संकलन हुने वीरगंज कार्यालयमा सवारी चालक अनुमति पत्र वितरणमा बिचौलिया र कर्मचारीको बदमासी बेलाबेला बाहिर आइरहने गर्दछ । सोमबारको परीक्षामा पनि कर्मचारीले नै परीक्षार्थी पास गराउन सिकाइरहेको खबर हामीलाई प्राप्त भएको छ । कार्यालयका प्रमुख राम अयोध्या राम हुन् । कर्मचारीहरुले नै परीक्षार्थीलाई उत्तर लेख्न सिकाएको पाइएपछि अन्य परीक्षार्थीले भने कार्यालयका कर्मचारीबाटै बदमासी भएको र आफूहरु पास नहुने हो कि भन्दै चिन्ता गरेका छन् । उनीहरुले कार्यालयमा भइरहेको बदमासी क्यामेरामा कैद गरेका छन् । मधेस दृस्टी

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close