
वीरगंज, पर्सा
नेपाल मुस्लिम पत्रकार महासंघ पर्सा द्वारा इदगाह र छठ घाटमा बृक्षारोपण गरेको छ।
नेपाल मुस्लिम पत्रकार महासंघ पर्साले वीरगंज महानगरपालिका वडा नं २ स्थित इदगाह र छठ घाटमा बृक्षारोपण गरेको छ।
बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले बृक्षारोपण गर्दै भने का थिए बृक्षारोपण गर्नु स्वभाविक हो र बृक्षारोपणले वाताबरण सन्तुलित गरिन्छ र वाताबरण हरा भरा हुन्छ र रमणिय ठाउँ हुन्छ भनि बताएका थिए।
उक्त बृक्षारोपण कार्यक्रम वीरगंज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मियाको अध्यक्षतामा तथा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख अतिथिमा भएको कार्यक्रममा जनप्रतिनिधी,स्थानीय र
नेपाल मुस्लिम पत्रकार महासंघ पर्साका सन्चारकर्मी लगायतको उपस्तिथि रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




