पकहाँमैनपुरमा कामभन्दा प्रचार बढी ।

स्थानीय तहमा जनप्रतिनिधिहरू आएको एक वर्ष बित्न लागेको छ तर पनि जनप्रतिनिधिले एक वर्ष दिनमा आमनागरिकले अनुभूति गर्ने गरी नयाँ काम गरेको आभास हुन सकेको छैन।

इच्छाशक्ति भएमा थोरै समयमा धेरै काम गर्न सकिने उदाहरण धेरै छन्। पर्सा जिल्लाका पकहाँ मैनपुर गाउँपालिकाका गाउँपालिका अध्यक्ष सुरेश मेहताले एक वर्षको अवधिमा ‘आहा!’ भन्ने गरी कुनै काम नगरेको स्थानीयहरू बताउँछन् ।

२०७९ साल वैशाख ३० मा स्थानीय तहको चुनावका क्रममा उम्मेदवारहरूले विकास निर्माण तथा मतदाताको सेवाका नाममा अनेक नारा र प्रतिबद्धता प्रचारमा ल्याए पनि यो एक वर्षको दिनमा अध्यक्ष मेहता आफैँ अन्योलमा परेका छन् ।

दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरू चुनिएर आए पनि नागरिकले एक वर्ष दिनको अवधिमा कुनै विशेष किसिमको अनुभूति गर्न नसकेको स्थानीय राजन साहले बताउनुभयो। “नागरिकले जनप्रतिनिधिहरूबाट धेरै सुधारको आशा गरेका थिए तर त्यसअनुसारको अनुभूति गर्न पाएका छैनन्,” साहले भन्नुभयो, “जनप्रतिनिधिमा इच्छा भए जनतालाई अनुभूति गराउन सक्ने काम थुप्रै छन्।”

पालिकामा दोहोरिएका गाउँपालिका अध्यक्ष मेहता पनि पुरानै लयमा छन् । नयाँ कामको सन्देश नागरिकलाई दिन सकेका छैनन् । निर्वाचित भएर आएलगत्तै नीति कार्यक्रम र बजेटको तयारी गर्नुपरेकाले पनि देखिने गरी काम हुन नसकेको केही जनप्रतिनिधिको भनाइ छ ।

गाउँपालिकाले केही देखिने काम गर्न नसक्ने भएकोले अन्य पालिकाको अवस्था पुरानो कामलाई नै निरन्तरता दिने किसिमको छ,” उहाँले थप्नुभयो। “पालिकाको विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने हो तर त्यसतर्फ ध्यान छैन,” ध्यान भनेको कमिसन मुखी योजना केन्द्रित छ । “जसले गर्दा एक वर्ष पूरा भइसक्दा पनि देखिने काम हुन सकेको छैन।” जनताले देखिने गरी काम गर्नका लागि जनप्रतिनिधिहरू मिसन र भिजनसहित अघि बढ्नुपर्ने सुझाव उहाँको छ।  गाउँपालिका अध्यक्ष मेहताले स्थानीय तहले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सडक निर्माणलगायत विविध क्षेत्रको सुधारका लागि नीतिगत निर्णय गरेको बताउनु हुन्छ तर त्यो कागज मैं सीमित छ ।

शिक्षा क्षेत्रको सुधारका लागि शिक्षा निःशुल्क तथा गुणस्तरीय बनाउन कार्यविधि बनाएर अगाडि बढ्न थालेको उहाँले बताउनु हुन्छ तर विद्यालय पढाउने शिक्षक अभिभावकलाई गाली दिइरहेका छन् अनि अध्यक्ष मुख हेरी राखेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा आउन साथ पालिकामा भइरहेको विभिन्न योजना तथा निर्माण कार्यमा कमसल सामग्री प्रयोग भइरहेको स्थानियहरुले बताएका छन् भने केही दिन अगाडि कमसल सामग्री प्रयोग गरेर बनाइएको शौचालय समेत स्थानियहरुले भत्काएका छन् । #jyotidainik

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close