
वीरगंज, पर्सा
वीरगंज महानगरपालिका न्यायिक समिति द्वारा आयोजना भएको ३ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ।
वीरगंज स्थित वीरगंज महानगरपालिकाको सभा कक्षमा न्यायिक समितिले ३ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरको थियो।
वीरगंज महानगरपालीका उप-प्रमुख तथा न्यायिक समितिको संयोजक तथा प्रमुख अतिथि इम्तियाज आलमको संयोजकमा आज भएको समापन कार्यक्रममा उप-मेयर आलमले सम्पुर्ण वडा सचिव ज्यूहरुलाई म्याद तामिलको कार्यहरु ३ दिन भित्र पठाउन अनुरोध गरेका थिए । साथै म्याद तामिलमा अवरोध गर्ने ब्यक्तिहरुलाई कडा कार्यवाही गर्ने चेतावनी समेत दिएका थिए ।
त्यस्तै उप-मेयर आलमले भने सबै वडा सचिवहरु लाई निर्देशन दिदै भने तपाईहरु वडा अध्यक्षको मातहतमा बसेर काम नगर्नु होला। आफुले नियम कानुन अनुसार काम गर्नु भनेर सम्झाएका थिए। उप-मेयरको अधीनमा रहेको न्यायिक समितिको काम बारे जानकारी दिदै न्याय समितीले विवादहरूमा मेलमिलापको निरुपण गर्ने अधिकार रहेको जस्तै सरकारी र्सार्वजनिक वा समुदायिला बाहेक एकताको हकमा जग्गा अर्कोले चापी,मिचि वा घुसाइ खाएको तथा सरकारी र्सार्वजनिक वा समुदायिक बाहेक आफ्नो हक नपुगने अरुको जग्गामा कुनै घर वा संरचना बनाएको,पति पत्नी विचको सम्बन्ध बिच्छेद। अंङ्गभङ्ग बाहेकको बढिमा एक वर्ष कैद हुन सक्ने कुटपिट,गाली वेइजति, कुटपिट,पशुपंक्षी छाडा छाडेको वा पशुपंक्षी राख्दा वा पालदा लापर्वाही गरी अरुले असर पारेको इत्यादि उदाहरणहरू महानगर उप-प्रमुख आलमले आफ्नो भनाइ राखेका थिए।
सो अवसर न्याय समितीका सदस्य तथा बिरगंज महानगरका वडा नं ३ का वडा अध्यक्ष बैजु स्वर्णकारले न्याय समितीको काम कर्तव्य बारे बताएका थिए । उनले न्याय समितीले बिरगंज भरिका आएको वाद बिवादलाई दर्ता गर्ने र निसा दिने अधिकार रहेको बताए त्यस्तै न्याय समितीले कुनै वाद बिवादलाई आवस्यक ठाने विवादित पक्षलाई बोलाइ ब्यान लिने तथा लिखित जवाफ माग्ने सम्मको अधिकार रहेको बताए।
उक्त समापन कार्यक्रमको अध्यक्षताका न्याय समितीका संयोजक उप-मेयर इम्तियाज आलमले गरेका थिए भने अतिथिका रुपमा न्याय समितीका अर्का सदस्य बैजुलाल स्वर्णकार रहेका थिए।त्यस्तै बार एसोसिएसन पर्सा शाखाका कमल मोहन पोख्रेल तथा नगरपालिका कर्मचारी संघका इकाइ अध्यक्षको उपस्थिति पनि रहेको पत्रकार राहुल गुप्ताले जानकारी गराएका थिए ।




